Goalnepal Foundation
पूर्व ए डिभिजन खेलाडी अनिल गुरुङ र उनका साथीहरुको प्रशिक्षक अर्याललाई नगद सहयोग
काठमाडौं । ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचारका लागि गोलनेपालले चलाएको सहयोग अभियानमा पूर्व ए डिभिजन खेलाडी अनिल गुरुङ र उनका साथीहरुले पनि सहयोग गरेका छन् ।
गुरुङले आफ्ना साथीहरुसँग सहकार्य गरी प्रशिक्षक अर्यालको उपचारका लागि कुल ५८,५०० रकम संकलन गरि सहयोग गरेका हुन् । यसअघि सिराहाको बन्दीपुरमा सम्पन्न भएको दोस्रो कार्तिकेय कुमार गोल्डकपबाट संकलित रकम पनि प्रशिक्षक अर्याललाई सहयोग गरिएको थियो । साथै गोलनेपालले पनि १० हजार नगद प्रशिक्षक अर्याललाई सहयोग गरी यो अभियानको शुरुवात पनि गरिसकेको छ ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै