ANFA सोल्मा स्पोर्टस र खोटाङ एफए फाइनलमा भिड्ने
गोलनेपाल

दिक्तेल । यहाँ जारी सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा सोल्मा स्पोर्टस कलब र खोटाङ फुटबल एकेडेमी भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलतर्फ सोल्मा स्पोर्टसले नेर्पा स्पोर्टस क्लबलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गर्यो । दोस्रो सेमिफाइनलमा भने खोटाङले कात्तिके फुटबल क्लबमाथि शून्यका विरुद्ध ५ गोलको एकतर्फी जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो ।

अब उपाधिका लागि सोल्मा स्पोर्टस र खोटाङ एफए फाइनलमा भिड्ने आयोजकले जानकारी दियो ।

Post Comments