पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा जारी दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार प्रतियोगिताका अन्तिम दुई क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्। विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुममा रहेको शीतल माध्यमिक विद्यालयबाट एकसाथ रूपमा एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको हो।
आइतबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सचेत युवा क्लब घारीगाउँ पश्चिम रुकुमले टाटागाउँ फुटबल क्लब चौरजहरी रुकुमलाई ६-० गोलको फराकिलो नतिजामा पराजित गरी प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। घारीगाउँको जितमा अभिषेक यादवले व्यक्तिगत तीन गोल गरी ह्याट्रिक पुरा गर्दा शोभम विकले दुई र दिपेन्द्र बिकले एक गोल थप गरेका हुन। ह्याट्रिक पुरा गरेका अभिषेक यादव उक्त खेलको प्लेयर अफ द म्याच बनेका छन्।
आइतबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा कर्णाली याक्स रुकुमलाई ४-१ गोल अन्तरले पराजित गरी चौरजहरी वारियर रुकुम सेमीफाइनलमा प्रवेश गरेको छ। वारियरको जितमा उत्तर आचार्यले ह्याट्रिक पुरा गर्दा कर्णाली याक्सका दिपेश धितालले उपहार स्वरूप एक गोल थप गरिदिए दिपेशले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्टमा गोल गर्न पुगे । कर्णाली याक्सका प्रनम मल्लले एक गोल फर्काए तापनि टोलीको जितका लागि उक्त गोल पर्याप्त रहेन। ह्याट्रिक पुरा गरेका उत्तर आचार्य उक्त खेलको प्लेयर अफ द म्याच घोषित भएका हुन्।
सोमबार प्रतियोगिताका दुई सेमीफाइनल खेलहरू सम्पन्न हुनेछन्। जस अन्तर्गत बिहानको ठीक १० बजे गत संस्करणको विजेता खलङ्गा फुटबल क्लब जाजरकोट र सचेत युवा क्लब घारीगाउँ पश्चिम रुकुम प्रतिस्पर्धा गर्नेछन् भने दिनको ठिक २ बजे योङ स्टार चौरजहरी रुकुम र चौरजहारी वारियर रुकुमबीच प्रतिस्पर्धा हुनेछ।
- खलङ्गा जाजरकोट र योङ स्टार पश्चिम रुकुममा जारी दोस्रो शीतल चौरजहारी B-67 फुटबल प्रतियोगिताको अन्तिम चारमा
- चौरजहारी वारियर र टाटागाउँ पश्चिम दोस्रो शीतल चौरजहारी कपको क्वाटरफाइनलमा
- पश्चिम रुकुम चौरजहारीमा दोस्रो शीतल चौरजहारी B-67 फुटबल प्रतियोगिता भव्यताका साथ सुरु
- रुकुम पश्चिममा शीतल चौरजहारी B-67 कप हुँदै