AFC/FIFA
एएफसी यु–२३ एसियन कप छनौटमा नेपालको खराब शुरुवात
काठमाडौं । बुधबारदेखि ताजिकिस्तानमा शुरु भएको एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो समूहको पहिलो खेलमै हार बेहोरेको छ ।
छनौट प्रतियोगितातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँग ४–० को हार बेहोरेको हो । समूह चरण अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल ६ सेप्टेम्बरका दिन सिरियासँग खेल्नेछ ।
त्यस्तै सोही दिन ताजिकिस्तानले फिलिपिन्सको सामना गर्नेछ । स्मरण रहोस, सिरियाले समूह के कै पहिलो खेलमा बुधबार फिलिपिन्सलाई २–१ ले हराएको थियो ।
समूहको शिर्ष टोली अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि साउदी अरेबियाको टिकट पक्का गर्नेछन् ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु