Lets's Rock Nepali Football : goalnepal.com on facebook  
Live News
 
News » Live News « PREV | NEXT »
एपीएफका प्रशिक्षक जनक सिंहद्वारा रेफ्री र किपरको आलोचना
Oct 8, 2012 01:56:48 AM
GoalNepal.com - एपीएफका प्रशिक्षक जनक सिंहद्वारा रेफ्री र किपरको आलोचना
   

सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रशिक्षक जनक सिंह थारुले मनाङ मस्र्याङ्दी विरुद्धको खेलमा पराजय व्यहोरेपछि आफ्नै गोलरक्षक समितराज भण्डारी र रेफ्रीको आलोचना गर्नुभएको छ ।

 


गोलरक्षक राजभण्डारीको कमजोरीको फाईदा उठाउँदै अनिल गुरुङले अतिरिक्त समयमा १०९ औं मिनेटमा गरेको गोल नै निर्णाय कबनेको थियो ।

“खेलको रेफ्री र आफ्नै गोलरक्षकको कारण पराजित भयौँ ।” प्रशिक्षक सिंहले खेलपछि आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

“हामी १–० ले अगाडि रहने अवस्था थियो, मनाङका गोलरक्षकले बाहिर बल समात्दा हामीलाई फ्रिकिक दिईएन ।” सिंहले भन्नुभयो “रेफ्रीको कमजोर निर्णय नै हाम्रो पराजयको मूख्य कारण हो ।”

उहाँले आफ्ना रक्षक समितराज भण्डारी मनाङ विरुद्ध डराएको बताउँदै थप्नुभयो “सायद उ डरायो, मूर्खतापूर्ण व्यहोरेको गोलले नै हामी पराजित भयौँ ।”

उहाँले अग्रपंक्तिका खेलाडी गणेश लावतीको प्रर्दशनसमेत चित्तबुझ्दो नभएको बताउँदै भन्नुभयो “लावतलीले एक–एकको अवस्थामा पनि स्कोर गर्न सकेनन्, राम्रो खेल्दा खेल्दै प्रतियोगिताबाट बाहिरिनुपर्दा दुःख लागेको छ ।”

समूहचरणमा फ्रेण्डस्सँग बराबरी अंक जोडेको एपीएफ गोलअन्तरका आधारमा मात्रै क्वार्टरफाईनल यात्रा गर्न सम्भव थिएको ।

 

भर्खरैको समाचार    
 
 
धेरैले कमेन्ट गरेको    
धेरैले पढेको    
Related News  
Related Team  
Armed Police Force
Videos  
Gurkha Cup 2013: Nepal Police Club Vs Munal Club Jhapa Match Highlights - VIDEO Gurkha Cup 2013: NMB Machhindra FC Vs Simrik SYC Match Highlights - VIDEO LH MMC Review of 2012/13 - Video Gurkha Cup Press Meet: ANFA President Says Mofasal Clubs Have Been Given Leverage For Signing Players - VIDEO
Audios Go to Audio Gallery »
Nepalese Football Supporting Song - Short Version

In order to view this object you need Flash Player 9+ support!

Get Adobe Flash player
HSEB Results
footyleaks
© Copyright 2009-2012 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com