लामाचौरमा यही असोज २७ गतेदेखि चौथो लामाचौर कप सेभेन ए साईड फूटबल प्रतियोगिता हुने भएको छ ।
ब्लू एन्जल क्लब लामाचौरले स्थानीय ईन्द्रराज्य लक्ष्मी माविको खेलमैदानमा प्रतियोगिता आयोजना गर्ने भएको हो।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ५० हजारका साथै लामाचौर कपको उपाधि हात पार्नेछ ।
यसैबीच, आयोजकले मूख्य गरी पोखरा क्षेत्रभित्रका क्लबहरुले सहभागिताका लागि नाम दर्ता गर्न समेत आग्रह गरेको छ ।
गोलनेपाल डटकम प्रतियोगिताको वेब पार्टनर रहेको छ । |