|
श्रीलंकाको कोलम्बोमा जारी दोस्रो महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारत फाईनलमा पुगेको छ ।
यसअघि भुटान विरुद्धको समूहचरणको अन्तिम खेलमा पनि भारतले भुटानलाई ११–० ले नै पराजित गरेको थियो ।
स्थानीय सिआर एण्ड एफसी मैदानमा शुक्रबार बिहान भएको खेलमा भारतकालागि कमलादेवी र बेमबेम देवीले ह्याट्रिक गरिन् । सस्मिता मलिकले २ तथा परमेश्वरी देवी, रोमीदेवी र पिन्की वोमपल मगरले १–१ गोल गरे । कमलादेवीले खेलको पाचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिईन ।
पहिलो हाफमा एकतर्फी चार गोल गर्ने क्रममा भारतका परमेश्री देवीले ३१, बेमबेम देवीले ४० तथा सस्मिता मलिकले ४३ मिनेटमा गोल गरिन् । दोस्रो हाफमा ७ गोल गरेको भारतकालागि मलादेवीले ५७, रोमीदेवीले ५९, बेमबेम देवीले ६१ र ७०, सस्मिता मलिकले ७८, पिन्की वोमपल मगरले ८१ तथा कमलादेवीले ९० औं मिनेटमा गोल गरिन् ।
समूह बी उपविजेता रहँदै सेमिफाईनलमा समूह ए विजेता भारतसँग खेलेको अफगानिस्तान बलियो टोली भारतसामु निरिह बन्यो । अफगानिस्तानलाई नेपालले समूहचरणको अन्तिम खेलमा ७–१ ले पराजित गरेको थियो ।
|