|
कास्कीको लेखनाथमा पहिलो पटक आउदो मंसिर ८ देखि १३ गते सम्म राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बिगत २१ बर्ष देखि क्लब स्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको लेखनाथ स्थीत सैनिक बस्तीको आर्दश युवा क्लबले फुटबल खेलको विकास गर्ने उद्धेश्यले राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको आज पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रतियोगितामा कास्कीको एक टोली आयोजक एक टोली लगायत ए डिभिजनका क्लबहरु गरी १२ वटा टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक बिशाल श्रेष्ठले जानकारी गराउनु भयो ।
महिलाहरुको महान पर्व हरितालिका जितको अवसरमा आयोजना हुदै आएको आमन्त्रीत नकाउट फुटबल प्रतियोगिता यस बर्ष देखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेकोले मंसिरमा सारिएको आयोजकले जनाएका हुन् । हरितालिका तिजको अवसरमा वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ भने तिजमा बिभिन्न कार्यक्रमहरु समेत आयोजना गर्ने क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई ५० हजार रुपैयाँ र उपविजेतालाई ३० हजार रुपैयाँसहित साथमा दुबै टिमलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँच हजार तथा अनुशासित समूहलाई ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करीब १४ लाख ४० हजार लाग्ने क्लबका सचिब कुमार सुनारले बताउनु भएको छ भने हाल सम्म मुख्य प्रायोजक समेत पक्का नभएको जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्कीले गण्डकी क्षेत्रमा फुटबलका पारखीहरु बढी भएकोले सम्भावित ठाँउहरुमा रङगशाला निमार्ण हुनुपर्नेमा जोड दिनु भएको छ ।
क्लबका अध्यक्ष बिजय गुरुङको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।
दिननाथ बराल
पोखरा |