English
 
 
Live News
Bookmark and Share
कोकाकोला कप फुटबल प्रतियोगिता श्रावण २३ गते देखि काठमाण्डौमा
 
 
Jul 28, 2009 08:12:04 PM
 

यही श्रावण २३ गते देखि ३२ गते सम्म काठमाण्डौमा दोश्रो राष्ट्रिय अन्तर बिद्यालय स्तरीय कोकाकोला कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बिद्यालय स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्धेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा देशभरीका १२ टोलीको सहभागिता रहने भएको छ । 

लिगका आधारमा खेलाईने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख रुपैया दोश्रो हुनेले एक लाख तेश्रो हुनेले ५० हजार र शान्तोना हुनेले २५ हजार रुपैया पाउने भएका छन् ।
 
पोखराबाट पहिलो चरणबाट गण्डकी बोर्डिङ स्कुल र शान्ती निकुन्ज १२ टोली भित्र पर्न सफल भएका छन् । हाल दुवै टोलीले बिहान प्रक्षिण गदैै्र आएका छन् । गण्डकीको टोलीलाई पुर्वराष्ट्रिय खेलाडी बसन्त गौचनले प्रशिक्षण गराउदै आउनु भएको छ भने शान्ती निकुन्जको टोलीलाई दिपेन्द्र तामाङले प्रशिक्षण गराउदै आउनु भएको छ ।

देशभरीका करीब ६ सय वटा बिद्यालयहरुबाट बिभिन्न क्षेत्रगत रुपमा १२ टोली छनौटमा परेका हुन छनौटमा परकेा टोलीको सम्पुर्ण खाना बस्नको ब्याबस्था आयोजकले गर्ने भएको छ । 

दिननाथ बराल पोखरा

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion