|
जिल्ला फुटबल संघको अध्यक्षमा विश्व पौडेल निर्विरोध निर्वाचित भएका छन्।
संघको आइतबार सम्पन्न तेस्रो साधारण सभाबाट उपाध्यक्षमा गोविन्द बस्नेत, कृष्ण विक, परमेश्वर अधिकारी, महासचिवमा प्रवीणकुमार कायस्थ र कोषाध्यक्षमा कृष्णजंग गुरुङ निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा खडग गुरुङ, दिलप्रसाद अधिकारी, चेतबहादुर गुरुङ, सिजन श्रेष्ठ, किशोरकुमार बस्नेत, रमेश के.सी.,अजित अधिकारी, रामजी कँडेल र वसन्त थापा छन्।
साधारण सभाले मुख्य केन्द्रीय प्रतिनिधिमा अध्यक्ष विश्व पौडेललाई तोकेको छ भने प्रतिनिधिमा महासचिव प्रवीणकुमार कायस्थ र कोषाध्यक्ष कृष्णजंग गुरुङ रहेका छन्। साधारण सभाको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो। |