English
 
 
Live News
Bookmark and Share
गण्डकी बोर्डिङ स्कुलद्धारा शान्ती निकुन्ज टाईब्रेकरमा पराजीत
 
 
Jun 7, 2009 12:47:51 PM
 

पोखरामा सम्पन्न भएको अन्तरबिद्यालय स्तरीय कोकाकोलाकप राष्ट्रिय छनौट फुटबल प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुल प्रथम भएको छ भने पोखराबाट गण्डाकि सहित  शान्ति निकुाज  राष्टिय प्रतियोगितामा  छनौट  हुन सफल भएका छन ।
 
फाईनलमा भेट भएको यस पटकगरी दुई पटक  भेट भएको जसमा दुबै पटक  गण्डा कि बिजयी भएको छ । यस अघि भदौमा भएको  भिमसेन दाहाल कपमा पनि  शान्ति निकुाज  गण्डकि बोडिङबाट नै ३ सुन्यले पराजित भएको  थियो ।

टोलिको हजारौ दर्शकहरुको माझ पोखरा रङगशालामा सम्पन्न भएको फाईनल खेलमा गण्डकीले शान्ती निकुन्जलाई टाईब्रेकरमा एकको बिरुद्ध दुई गोल गरी छनौट प्रतियोगिताको उपाधि जितेको हो ।

७० मिनेटको निर्धारीत समयमा दुबै तर्फ एक÷एक गोल भई खेल बराबरीमा पुगे पछि खेल निर्णायको लागि टाईबे्रकरमा धकेलिएको हो । टाईब्र्रेकरमा शान्ती निकुन्जका युवराज गुरुङ कपन पुन सुवास थापा सोनु कार्कीले गोल गर्न नसक्दा शान्ती निकुन्जले दोश्रो स्थानमा चिक्त बुझाएको हो । टाईबे्रकरमा गण्डकीको तर्फबाट करन गुरुङ र राम प्रसाद चापा गाईले गोल गरेका थिए । टाईब्रेकरमा गण्डकीको तर्फबाट सोनम लामा र कपिल आले मगरले गोल गर्न सकेनन् भने शान्ती निकुन्जको तर्फबाट कुमार गूरुङले गोल गरेका थिए । खेलको १३ औ मिनेटमा  शान्ती निकुन्जका सुवास थापाले क्रसबललाई जाली चुमाउन सफल भएका थिए । दोश्रो हापको २४ औ मिनेटमा गण्डकीका करन गूरुङले एक गोल गरी खेल  बराबरीमा पुराए पछि खेल टाईबे्रकरमा पुगेको हो । बिद्यालय स्तरीय शहिद भिमसेन कपमा पनि गण्डकीसंग पराजीत भएको शान्ती निकुन्ज पहिलो हापमा पाएका  धेरै अवसर आजको खेलमा सदुपयोग गर्न नसक्दा टाईब्रेकरको सिकारबाट पराजीत हुन परेको हो । गण्डकीका करनले यस प्रतियोगितामा जम्मा १४ गोलको योगदान दिए । उनले प्रत्येक खेलमा कम्तीमा पनि दुई गोल गरेका छन् । 

विजयी खेलाडीहरुको टोलीलाई कार्यकमका प्रमुख अतिथि पृतनापति उपरथी शिवराम प्रधानले ट्रफी तथा मेडल पुरस्कार बितरण गर्नुभएको थियो । आयोजक एन्फा  कास्कीका अध्यक्ष खेम बहादुर गरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिब बसन्त थकाली बोल्नु भएको थियो । 

६४ वटा बिद्यालयहरुले सहभागिता जनाएको छनौट प्रतियेागितामा फिस्टेल एकेडेमी अनुसासित टोली घोषीत भयो । यस बर्ष पोखराको साख जोगाउने जिम्मा गण्डकी बोर्डिङ स्कुल र शान्ती निकुन्ज बोर्डिङ स्कुलको काधमा आएको छ । दुबै टोली पोखराबाट छनौट भएका छन् । 

गत शाल पोखराका दुई बिद्यालय सोसियल र ज्ञानकुन्जल प्रथम तथा तेश्रो उपाधि जितेकोमा यस बर्ष दुबै टोलि प्रतियोगिताबाट बाहिरीएकोले अब पोखराको साख जोगाउने जिम्मा गण्डकी र शान्ती निकुन्जलाई आईपरेको हो ।

हिजो भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले फिस्टेललाई शुन्यका बिरुद्ध एक तर्फी ३ गोल अन्तरले पाखा लगायो भने दोश्रो खेलमा शान्ती निकुन्जले नेपाल आर्दशमाथि २-१ को जित दर्ता गरी सर्वाधिक पुरस्कार भएको प्रतियोगितामा सहभागि गराउन आफ्नो यात्रा तय गरेको हो ।

पोखराबाट छनौट भएको दुई बिद्यालयहरुले बिद्यालय स्तरको प्रतियोगिताको उपाधिको लागि देश भरीका छनौट भएर गएका टोलीहरुसंग काठमाण्डौमा प्रतिष्पर्धा गर्ने भएकाछन् । सर्वाधिक पुरस्कारको रासी भएको प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख दोश्रो हुनेले एक लाख तेश्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार पाउनेछन् । पहिलो चरणबाट छनौटमा परेका नेपाल भरीका १२ वटा बिद्यालयहरु बिच काठमाण्डौमा प्रतिष्पर्धा हुने भएको छ । छनौट प्रतियेागितामा गत शाल ३९ वटा बिद्यालयहरुले सहभागिता जनाए पनि यस बर्ष ६४ वटा बिद्यालयहरुले सहभागि जनाएका थिए ।

जेठ १० गते देखि सुरु भएको छनौट प्रगियोगितामा बाग्लुङबाट अमृत आर्दश उच्च्ा माबि चितवनको  एसओएस हर्मन माईनर लेखनाथ हेम्जा पोखरा क्षेत्रका बिद्यालयहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा १० वटा सामादायिक बिद्यालयहरुले सहभागि जनाए पनि छनौटमा पर्न सकेनन् । 

मोहन घले पोखरा

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion