English
 
 
Live News
Bookmark and Share
नेपाल आर्दश टप्स उच्च्ा माबि लिटिल स्टेप उच्च्ा माबि बिजयी
 
 
Jun 3, 2009 08:22:49 PM
 

पोखरा रङशालामा संचालन भईरहेको अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अन्र्तगत आजको खेलमा नेपाल आर्दश टप्स उच्च्ा माबि लिटिल स्टेप उच्च्ा माबि र शान्ति निकुन्ज बोर्डिङ स्कुल बिजयी हुदै क्वाटरफाईनलमा प्रबेस गरेका छन् । 

आजको पहिलो खेलमा विशाल गूरुङको दुई र प्रकास गूरुङ तथा राजेस गूरुङको एक;एक गोलको मद्धतले नेपाल आर्दशले भाष्कर मेमोरियल माथि ४-१ को सहज जित दर्ता गराएको हो । भाष्कर मेमोरियलको तर्फबाट सुविन गुरुङले शान्तोना एक गोल गरेका थिए । निकै प्रतिष्पर्धामा आज सम्पन्न दोश्रो खेलमा टप्स उच्च्ा माबिले टाईब्रेकरमा प्रगति बोर्डिङ स्कुललाई ४ को बिरुद्ध ५ गोल अन्तरले पराजीत गर्दै अन्तीम आठमा स्थान बनाएको हो । टाईब्रेकरमा प्रगतिको तर्फबाट अजित भण्डारीले गोल गर्न नसक्दा प्रगतिले प्रतियोगिताबाट बिट मार्न ब्ााध्य भएको हो ।
 
टप्सको तर्फबाट टाईब्रेकरमा अजय गूरुङ राज कुमार श्रेष्ठ सन्तोस पौडेल अमृत गूरुङ र सन्तोस गूरुङले गोल गरेका थिए भने प्रगतिको तर्फबाट टाईब्रेकरमा दिवस अधिकारी आसिस खड्का सागर केसी रोसन अधिकारीले गोल गरे । खेलको ३१ औ मिनेटमा प्रगतिका दिवस अधिकारीले पहिलो गोल गरे भने दोश्रो हाफ्को १६ औ मिनेटमा सन्तोस पोडेलले एक गोल गरी खेल बरीबरीमा पुराए पछि खेल निर्णायको लागि टाईब्रेकरमा धकेलिएको हो ।

समुह बी अन्र्तगत टप्स उच्च्ा माबिले सेमिफाईनलको यात्राको लागि नेपाल आर्दशसंग जेठ २१ गते बिहिबार प्रतिष्पर्धा गर्ने भएको छ ।

दावा ज्ञायाल्सेनको ह्याटि्रकले आजको तेश्रो पि्र-क्वाटरफाईनलमा लिटिल स्टेपउच्च्ा माबिले पोखरा किन्डर गार्डेन पिकेजीमाथि ३-१ को नतिजा निकाल्दै अन्तीम आठमा स्थान पक्का गरेको हो । खेलको १२ २३ र दोश्रो हाफको २७ औ मिनेटमा गोल गरी लिटिल स्टेपका दावा ज्ञायाल्सेनले ह्याटि्रक पुरा गरेका हुन् ।पोखरा किन्डर गार्डेनको तर्फबाट सुवास गूरुङले शान्तोना एक गोल गरेका थिए। लिटिल स्टेपका सन्दीप थापाले पहेको कार्ड पाएका छन् ।

सफल श्रेष्ठ र सुवास थापाको एक;एक गोलको मद्धतले अन्तीम पि्र-क्वाटरफाईनल खेलमा २-० को नतिजा निकाल्दै शान्ती निकुन्जले वेसलाईन एकेडेमि माथि जित हात पार्न सफल भएको छ । वेसलाईनका विरेन्द्र गूरुङ र शान्ती निकुन्जका युवराज गूरुङ र सुरज गूरुङलाई रेपि्रुले नियम उल्लङघन गरेकोमा पहेको कार्ड देखाएका थिए । समुह बी अन्र्तगत शान्ति निकुन्जले सेमिफाईनलको यात्राको लागि भोलि पि।sे।जी।संग पं्रतिष्पर्धा गर्ने भएको छ ।
 
सोमबार भएको खेलमा हेम्जा बोर्डिङसंग ३-१ ले पराजीत भएको वेसलाईन एकेडेमीले उजुरी हालेका कारण अन्तीम १६ मा स्थान पाएको थियो ।  हेम्जा बोर्डिङ स्कुलका खेलाडी नियमित बिद्यार्थी नभएको तथा २०६० सालमा कक्षा ८ मापास गरेको प्रमाण भेटिएकाले एन्फा कास्कीले हेम्जा र वेसलाई बिचको खेलमा हेम्जाले जिते पनि नियम उल्लङ्घन गरेको भन्दै एन्फाले वेससाई एकेडेमिलाई पि्र क्याटरफाईनलको यात्रा दिएको थियो । 

पहिलो चरणको कार्रबाहीमा एन्फा कास्कीले हेम्जालाई प्रतियोगिातबाट निस्कासन गरेको छ भने प्रतियोगिता सकिए पनि छानविन समिति तथा संयुक्त बैठक बसेर कस्तो कार्रबाही गर्ने पछि निर्णय गर्ने भएको छ । त्यसै गरी हिजो न्युमुनलाइर्टले पार्दीमाबि बिरुद्ध एन्फामा उजुरी हालेकोमा एन्फाको छानविन
सतितिले पार्दीका खेलाडीहरु नियमित बिद्यार्थीहरु भएको जनाएको छ ।

भोलि बिहान ७।ं३० बजे देखि क्वाटरफाइनल खेलहरु संचालन हुने भएका छन् । भोलिको पहिलो खेल पार्दीमाबि र फिस्टेल एकेडेमि बिच खेल हुने भएका एन्फा कास्कीले जनाएको छ । त्यसै गरी समुह ए कै अर्को खेलमा कालिका उच्च्ा माबि र गण्डकी बोर्डिङ स्कुल बिच हुने भएको छ । ६४ वटा बिद्यालयहरुले सहभागिता जनाएको उक्त छनौट प्रतियोगितामा बुधबार सम्म गत बर्षको बिजेता सोसियल पब्लिक तथा तेश्रो भएको ज्ञानकुन्ज बोर्डिङ स्कुल बाग्लुङ तथा चितवनबाट सहभागि भएका बिद्याल तथा पोखराका गरी ५६ वटा बिद्यालयहरु ब्ाहिरिएका छन् ।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion