English
 
 
Live News
Bookmark and Share
हेम्जा बिरुद्ध उजुरी हालेको वेसलाईन अन्तीम १६ मा स्थान पायो
 
 
Jun 2, 2009 08:36:43 PM
 

पोखरामा संचालन भइरहेको अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अन्र्तगत हिजो सोमबार भएको पि्र क्वाटरफाईनल खेलमा हेम्जा बोर्डिङसंग ३-१ ले पराजीत भएको वेसलाईन एकेडेमीले उजुरी हालेका कारण अन्तीम ८ मा स्थान पाएको छ ।

हेम्जा बोर्डिङ स्कुलका खेलाडी नियमित बिद्यार्थी नभएको तथा २०६० सालमा कक्षा ८ मा पास गरेको मात्र प्रमाण भेटिएकाले एन्फा कास्कीले हेम्जा र वेसलाई बिचको खेलमा हेम्जाले जिते पनि नियम उल्लङ्घन गरेको भन्दै एन्फाले वेससाई एकेडेमिलाई क्याटरफाईनलको यात्रा दिएको हो ।

पहिलो चरणको कार्रबाहीमा एन्फा कास्कीले हेम्जालाई प्रतियोगिातबाट निस्कासन गरेको छ भने प्रतियोगिता सकिए पनि छानविन समिति तथा संयुक्त बैठक बसेर कस्तो कार्रबाही गर्ने पछि निर्णय गर्ने भएको छ । एन्फाले यस्तो कार्रबाहीमा २० हजार जरिवाना सहित एक बर्ष सम्म एन्फाद्धारा आयोजीत कुनै पनि प्रतियोगितामा प्रतिबन्ध लगाउन सक्नॆ नियम उल्लेख गरेको छ ।
 
त्यसै गरी आज न्युमुनलाईले पार्दीमाबि बिरुद्ध एन्फामा उजुरी हालेको छ । पार्दीमाबिका खेलाडीहरुको छानविन भईरहेको एन्फा कास्कीका अध्यक्ष खेम बहादुर गू्रुङले बताउनु भयो ।  केहि दिन अगाडि ज्ञानकुन्जले राष्ट्रिय उच्च्ा माबि बिरुद्ध उजुरी हालेको थियो छानविनको क्रममा राटि्रष्य उच्च्ा माबिका नियमित बिद्यार्थीहरु भएको एन्फाले जनाएको थियो ।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion