|
पोखरामा संचालन भइरहेको अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अन्र्तगत आजको खेलमा पार्दी माबि फिस्टेल एकेडेमी कालिका उच्च्ा माबि र गण्डकी बोर्डिङ स्कुल बिजयी भएका छन् ।
पहिलो खेलमा पार्दीमाबिले न्यु मुनलाईटलाई एकको बिरुद्ध ३ गोल अन्तरले पराजीत गर्दै क्याटरफाईनलको यात्रा तय गरेको छ । पार्दीमाबिले पहिलो चरणमा डायनामिक दोश्रो चरणमा गतशालको बिजेता सोसियल पब्लिकलाई पराजीत गरी गरेको थियो ।
पार्दीमाबिको जितमा खेलको १४ औ मिनेटमा असोक जलारीले पहिलो गोल गर्न सफल भएभने २२ औ मिनेटमा न्यु मुनलाईटका अलिया गूरुङले गोल गर्दै खेल बराबरामा पुराएका थिए । दोश्रो हापको १२ औ मिनेटमा बसन्त तामाङले एक गोल गरे भने १९ औ मिनेटमा पुन अर्को गोल गरी बिजयीलाई सुनिस्चित पारेका हुन् ।
आजको दोश्रो खेलमा फिस्टेल एकेडेमिले भदौरेको बहादुरे माबिमाथि टाईब्रेकरमा ४-२ को नतिजा निकाल्दै क्वाटरफाईनमा यात्रा सुनिस्चित गरेको हो । ३५;३५ मिनेटको निर्धारीत समयमा दुबै तर्फ दुई;दुई गोलले खेल बराबरमा पुगेपछि निर्णायको लागि खेल टाईबे्रकरमा धकेलिएको हो । टाईबे्रकरमा बहादुरे माबिको तर्फबाट सन्तोस गूरुङ र विश्वदल गूरुङले गोल गर्न नसक्दा भदौरेबाट पहिलो पटक प्रतियोगितामा सहभागि भएको बहादुरे माबि प्रतियोगिताबाट बाहिरिएको हो ।
टाईब्रेकरमा फिस्टेलको तर्फबाट धिरेन गूरुङ कृष्ण गूरुङ स्मीत गुरुङ र श्रमीक गूरुङले गोल गर्न सफल भएका थिए भने बहादुरेका तर्फबाट टाइब्रेकरमा दिपक गूरुङ र सन्तोस गूरुङले गोल गरेका थिए । फिस्टेलका धिरेन गूरुङले १६ औ मिनेटमा पहिलो गोल गरेका थिए भने २२ औ मिनेटमा बहादुरे माबिका कुमार विकले एक गोल गर्दै खेल बराबरीमा पुराए ३१ औ मिनेटमा बहादुरेका विश्वदल गुरुङले एक गोल गरी आफ्नो टोलीलाई अगाडी बढाए दोश्रो हापको २० औ मिनेटमा फिस्टेलका धिरेन गूरुङले नै पुन अर्को गोल थपी खेल बराबरीमा पुराए पछि खेल टाइबेकरमा पुगेको थियो । पार्दी माबिले फिस्टेल एकेडेमीसंग समुहएको पहिलो क्वाटरफाईनलमा जेठ २१ गते प्रतिष्पर्धा गर्ने भएको छ ।
खेलको ३१ औ मिनेटमा कालिका उच्च माबिको तर्फबाट रमेश परियारले गरेको निर्णायक एक गोलको मद्धतले कालिका उच्च्ा माबिले बाल मन्दिर माथि १-० को जित दर्ता गर्दै अन्तीम आठमा स्थान पक्का गरेको हो ।
करन गूरुङको ह्याटि्रकले आजको अन्तीम पि्र क्वाटरफाइृनल खेलमा गण्डकी बोर्डिङ स्कुलले जनपि्रय उच्च्ा लाई शुन्यका बिरुद्ध एक तर्फी ४ गोलको फराकिलो अन्तरले पराजीत गदेै्र अन्तीम आठमा स्थान सुरक्षित गरेको हो । करन गूरुङले खेलको १३ २८ र ६८ मिनेटमा गोल गरी ह्याटि्रक पुरागरे भने ३४ औ मिनेटमा राम प्रसाद चापागाईले एक गोल गरेका थिए ।
भोलिको पहिलो खेल बिहान ७।३० बजे नेपाल आर्दश र भाष्कर मेमोरियल बिच हुने भएको छ ।
त्यसै गरी प्रगति बोर्डिङ स्कुल र टप्स उच्च्ा माबि लिटिल स्टेप उच्च माबि र पि।sे।जी वेसलाईन एकेडेमी र शान्ती निकुन्ज बिच खेल हुने भएको छ ।
दिननाथ बराल |