|
सहिद भीमनारायण कप फुटबल प्रतियोगितामा सोमबार जित दर्ता गर्दै सुनसरीको एलेभेन एरोज दोस्रो चरणमा प्रवेश गरेको छ । उसले झापाको युनाइटेड ब्वाइज स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्यो ।
खेलको १८ औं मिनेटमा एरोजका सन्दीप राईले दिएको पासमा सागर थापाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । यसअघि खेलको १५ औं मिनेटमा टंक बस्नेतले प्रहार गरेको बललाई एरोजका गोलरक्षक समीर कटवालले बचाएका थिए तर बस्नेतले खेलको २२ औं मिनेटमा पुनः पाएको मौकालाई गोलमा परिणत गरे ।
राष्ट्रियस्तरका खेलाडीले भरिभराउ एलेभेन एरोजका खेलाडीलाई खेल अवधिभर थेग्न युनाइटेडलाई मुस्किल परेको थियो । खेलको ३५ औं मिनेटमा युनाइटेडले पाएको डि-बक्सभित्रको पि|mकिकलाई सन्तोष गुरुङले गोल गरेर टिमलाई आशा जगाएका थिए । तर खेलको दोस्रो हाफको दोस्रो मिनेटमा एरोजका सागर थापाले गोल गरी उसको आशा पूरा हुन दिएनन् ।
सोमबारको खेलको म्यान अफ द म्याच एलेभेन एरोजका सागर थापा भए । मंगलबार नाइटचेस क्लब, झापा र धरानको ट्याम्के क्लबबीच खेल हुनेछ । |