English
 
 
Live News
Bookmark and Share
टेम्के विजयी
 
 
May 25, 2009 01:24:10 PM
 

सुनसरी, टेम्के स्पोर्टिङ क्लब, धरानले चौथो सानमिगेल दानबहादुर फुयाल गोल्डकप फुटबल उपाधि आइतबार रक्षा गरेको छ ।

साविक विजेता टेम्केले प्रतिस्पर्धात्मक खेलमा आयोजक जागृति क्लब, इटहरीमाथि २-१ को जित हात पार्‍यो । बराबरी रहेको स्थितिमा अमर लिम्बूले ७३ औं मिनेटमा निणर्ायक गोल गरे । विजयसँगै टेम्केले २५ हजार रुपैयाँ र सिल्ड हात पार्‍यो । उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको 'म्यान अफ द म्याच' टेम्केका अमर लिम्बू भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी इटहरीका सन्दीप राई भए । विजयी टिम तथा खेलाडीलाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरे ।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion