English
 
 
Daily Blabber
Bookmark and Share
उदाँउदो पोखराको फुटबल
 
सुन्दरताले मात्रै होईन पोखरा फुटबलको ईतिì
 
May 22, 2009 01:51:22 PM
 

सुन्दरताले मात्रै होईन पोखरा फुटबलको ईतिहास पनि त्यतिकै सुन्दर रहेको छ । २०२५ सालमा पोखरामा सेति पारी पूर्व तिरको भागमा बिजय टिम र सेति वारी पश्चिम पटि हिमाली टोलिगरी शुरु भएको क्लब स्तरीय खेलले अधिराज्य भरी नै प्रभाब जमाउन सफल भएको थियो त्यस ताका सम्पन्न भएका सम्पूर्ण उपाधि गण्डाकिको नाम भित्रिने गरेको क्याप्टेन कल्याण शेरचनले बताउनु हुन्छ ।

पोखरा र गण्डाकिको नाममा खेलिएको प्रतियोगितामा प्रथम र दिद्धिय हुने पोखराका खेलाडीहरुको ट्रेडमाकै नै भएको बताउनु हुन्छ खेलाडी खेम गुरुङ उहाले त्यसताका खेल सम्झदाता रमाईलो र यस्तो भएको थियो र भन्ने लाग्छ । पोखराको फुटबललाई चम्काउन गंगा गुरुङ राधेराम रंजित कल्याण शेरचन शिवसंकर रंजित दक्षा गुरुङ। कृष्ण थापा डम्मर गुरुङ लगायतले पोखराको फुटबलाई सबैको माझमा पुर् याउन सफल भएका थिए ।

तर चालिसको दशकमा पोखराको फुटबल खेल केहि सुस्ताउन पुग्यौ । पुराना खेलाडी आपनो बिस्तारै खेलबाट टाढिदै जादा नया खेलाडीको आगमन राम्रो नभएपछि खेलमा खेलाडीको उपस्थिति राम्रो नहुनु र राम्रा खेलाडी पनि नहुनुले पोखरामा फुटबलको गति रोकिएको थियो । तरपनि खेलप्रेमीका उत्साहका कारण पचासको दशकमा आएर पोखराको फुटबललाई पूर्न जिवन दिने काम सहारा क्लबले गरेको छ । क्याराभान गोल्ड कप देखि निरंतरता सातौ औ पटक सम्म आहा गोल्डकप सम्पन्न गरेको सहारा क्लबले अनाथ सडक बच्चाहरुलाई फुटबल मार्फत सक्षम नागरीक बनाउने क्रममा रहेको छ । सहारा क्लबले पहिलो नेपालको निजी क्षेत्रमा अनाथ बच्चहरुलाई आवाशिय फुटबलको एकेडेमि राख्न सफल भएको छ । 

सहाराले प्रत्येक बर्ष आयोजना गर्ने आहाम गोल्डकप फुटबल प्रतियोगिताबाट करिब १० लाख सम्म बचत गदै अनाथ बच्चहरुका लागि सफल फुटबलर बनाउने क्रममा उसले बर्षमा लाखौ खर्च गर्ने क्लबका अध्यक्ष बिक्रम थकालिले बताउनु भयो । 

आहा गोल्डकप सगै २०६५ सालमा पोखरामा ३० वटा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । २०६५ सालमा पोखरामा अन्तराष्टिय स्तरको तिन राष्ट्रिय र क्षेत्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा आहा गोल्डकप पछि नया खेलाडी आउने क्रममा जारी रहेको छ ।
 
अहिले नेपालीको पि्रया खेलाडी बन्न सफल अनिल गुरुङ बिषान गौचन बिजय गुरुङ बसन्त गौचन खुम गुरुङ चुन बहादुर थापा लगायतका खेलाडीहरु नेपालि राष्टिय टोलिमा समाबेश हुदा राष्टिय टोलिका आधा महत्वपूर्ण खेलाडी पोखराको रहेका छन ।
 
यसैगरी पोखरा रङशालामा फुटबल खेल्न आउने क्रममा उमेर समुहका खेलाडीको बढ्दो उपस्थितिले भाबि दिनमा पनि पोखरामा सच्चैको फुटबलको शहर बन्न सफल हुनेमा आशा गर्न सकिन्छ ।

मोहन घले

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion