Live News
 
News » Live News « PREV | NEXT »
रुस्लान पाँचौं सिमरा गोल्डकपः पुलिसलाई ३–० गोलले पराजित गर्दै वीरगञ्ज युनाईटेड फाईनलमा
Mar 21, 2014 08:03:13 AM
GoalNepal.com - रुस्लान पाँचौं सिमरा गोल्डकपः पुलिसलाई ३–० गोलले पराजित गर्दै वीरगञ्ज युनाईटेड फाईनलमा
वीरगञ्ज युनाइटेड क्लब सिमरामा जारी रुस्लान पाँचौ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीवार सिमरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाईटेड फाइनल प्रवेश गरेको हो ।
 

फाइनलमा प्रवेश गरेको वीरगञ्जले उपाधीका लागि शनिवार आयोजक नव जनजागृति युवा क्लबको सामना गर्ने छ ।पुलिसले यसअघि सेमिफाईनलमा आहारारा गोल्डकपमा मनाङ मस्र्याङ्दीसँग ५–० गोलले व्यहोरेको हारको बदला लिँदै २–१ गोलले पन्छाएको थियो ।

वीरगञ्जलाई उपाधि नजिक पु¥याउन ईब्राहिमले २ गोल गरे भने शेखर लिम्बुले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै ईब्राहिमले गोल गर्दै अग्रता दिलाए । वीरगञ्जका लागि खेलको २० औँ मिनेटमा शेखर लिम्बुले गरे गोल गर्दैै टोलीलाई दुई सून्यको अग्रता दिलाए भने त्यसको ४ मिनेटपछि नै मिनेटमा ईब्राहिमले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जित दिलाए ।

खेलपछि वीरगञ्जका प्रशिक्षक शिशिर लामाले टिमले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठले टिममा तालमेल नमिल्दा पराजय भोग्नुपरेको बताए । जितसंगै

यसअघि, आयोजक नव जनजागृती युवा क्लबले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा लिग उपविजेता मच्छिन्द्र एफसीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

चैत ८ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले मोफसलकै सर्वाधिक चार लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक थान ल्याप्टप पाउनेछ भने सर्वोत्कृष्ट डिफेण्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, हाईस्कोरर र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गोलनेपाल डटकम
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.22281200 1505937531 | End Time: 0.54169200 1505937531 | Execution Time: 0.31888
Start TIme:0.17707200 1505937531 | End Time:0.54325900 1505937531 | Execution Time:0.366187Mem:2.654952