Live News
 
News » Live News »Central « PREV | NEXT »
गोर्खा कपः प्रतियोगिताका उत्कृष्ट डिफेण्डर सागर थापाः ठूलो क्लबबाट खेलिरहँदा अपेक्षा पनि धेरै हुन्छ
Jun 15, 2013 11:10:33 PM
GoalNepal.com - गोर्खा कपः प्रतियोगिताका उत्कृष्ट डिफेण्डर सागर थापाः ठूलो क्लबबाट खेलिरहँदा अपेक्षा पनि धेरै हुन्छ

काठमाण्डौंमा शनिबार सम्पन्न गोर्खा कप फूटबल प्रतियोगिताको उत्कृष्ट डिफेण्डर नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका मनाङ मस्र्याङ्दी डिफेण्डर एवं कप्तान सागर थापा बने । उनले यो अवार्ड पाउँदा आफू अन्यन्त हर्षित भएको बताएका छन् ।

 

“म सधैं खेलमा आफूले सक्दो खेल्न प्रयासरत रहनेछु ।” थापाले भने “यो अत्यन्त महत्वपूर्ण छ कि कुन क्लबबाट खेलिरहेको छु । मनाङ ठूलो क्लब हो । जब ठूलो क्लबबाट खेलिन्छ अपेक्षाहरु पनि धेरै हुन्छन् ।”

“मेरो कप्तानीमा उपाधि उचाल्न पाउँदा निकै खुशीको अनुभव गरिरहेको छु । तर यो सफलता टिमका सबैको योगदानले मिलेको हो ।”  थापाले भने “मेरा खेलाडीहरु, मेरा प्रशिक्षकहरु, मेरा क्लबका सदस्यहरु, उहाँहरुकै कारणले यो अवार्ड जित्न सकेको हुँ ।”

थापाले सबै समर्थक, खेलाडीहरु, क्लबका पदाधिकारी र प्रशिक्षकलाई समेत आभार प्रकट गरे । थापा वर्ष २०६९ सर्वोत्कृष्ट खेलाडी समेत बन्दै अपार्टमेन्ट जितेका खेलाडी हुन् ।

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.35902000 1506086851 | End Time: 0.80181800 1506086851 | Execution Time: 0.442798
Start TIme:0.30730500 1506086851 | End Time:0.80449200 1506086851 | Execution Time:0.497187Mem:2.662816