Live News
 
News » Live News »Central « PREV | NEXT »
गोर्खा कपः प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल आर्मीका मिडफिल्डर टंक बस्नेत
Jun 15, 2013 11:10:02 PM
GoalNepal.com - गोर्खा कपः प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल आर्मीका मिडफिल्डर टंक बस्नेत

काठमाण्डौंमा शनिबार सम्पन्न गोर्खा कप फूटबल प्रतियोगिताको सवोत्कृष्ट खेलाडी नेपाल आर्मीका मिडफिल्डर टंक बस्नेत घोषित भए । उनले यामाहा मोटरसाईकल समेत प्राप्त गरेका छन् ।

 

भेट्रान प्रशिक्षक कृष्ण थापाको अध्यक्षतामा गठित छनौट समितिले बस्नेतलाई प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडी छनौट गरेको हो ।

बस्नेत आर्मीले खेलेका सबै खेलमा महत्वपूर्ण खेलाडीका रुपमा देखिए तर उनले प्रतियोगिता अवधिभर मात्र एक गोल गर्न सके ।

“म सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा आश्चर्यचकित भएँ ।” बस्नेतले गोलनेपाल डटकमसँग भने “म सबै टिममा रहेका साथीहरु र प्रशिक्षकप्रति आभारी छु । आगामी दिनमा यस अवार्डले मलाई झन् राम्रो गर्ने प्रेरणा दिएको छ ।”

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.85048800 1506215877 | End Time: 0.08737900 1506215878 | Execution Time: -0.763109
Start TIme:0.79421000 1506215877 | End Time:0.09011200 1506215878 | Execution Time:-0.704098Mem:2.637304