Live News
 
News » Live News »Central « PREV | NEXT »
गोर्खा कपः मनाङ मस्र्याङ्दी प्रशिक्षक अमृत पन्तः यो विजय मेरो उखु व्यवसायभन्दा पनि प्रिय छ
Jun 15, 2013 10:59:12 PM
GoalNepal.com - गोर्खा कपः मनाङ मस्र्याङ्दी प्रशिक्षक अमृत पन्तः यो विजय मेरो उखु व्यवसायभन्दा पनि प्रिय छ

उनी गायव थिए, दुई दशक बढि लामो समयसम्म फूटबल क्षेत्रबाट ओझेल रही आफ्नै व्यवसायमा सक्रिय व्यक्ति, जसले पुनः फूटबलमा प्रवेश गरेको केहि समयमै ठूलो सफलता हान पार्न सफल भए ।

 

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीलाई डिभिजन डि बाट ए डिभिजनसम्म ल्याएका, संस्थापक खेलाडी समेत रहेका उनै भेट्रान प्रशिक्षक अमृत पन्तले टिमलाई सिजनकै पहिलो ठूलो प्रतियोगिता गोर्खा कपको उपाधि मात्र जिताएनन् । आफै पनि उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उनले क्लबले माया गरेकैले आफूले पनि माया गरेको बताउँदै विना पारिश्रमिक भोलिन्टियरका रुपमा मनाङलाई सम्हालेको समेत जानकारी दिएका छन् । “क्लब व्यवस्थापनसँग मैले विना पारिश्रमिक क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने कुरा सोधेँ किनकि म क्लबलाई माया गर्छु । यो मेरो बच्चा हो । मैले यसलाई जन्म दिएँ । तिन दशक अघि मैले नै डि डिभिजनदेखि ए डिभिजनसम्म ल्याएको हुँ ।” पन्तले भने ।

“आज म धेरै खुशी छु । यसलाई म शब्दमा व्यक्त गर्नै सक्दिनँ ।” गोर्खा कपमा उत्कृष्ट प्रशिक्षक बन्दै ५० हजार नगद समेत हात पारेका पन्तले भने “पैसा ? यो मेरा लागि केहि होईन । म व्यवसायी हुँ । जनकुपरमा उखु व्यापार छ । तर इमान्दारिका साथ भन्नुपर्दा यो विजय मेरा लागि परिवारको उखु व्यवसाय भन्दा प्रिय छ ।”

“म खेलाडीहरुलाई बधाई दिन चाहन्छु । उनीहरुले उपाधि जित्न सफल भए ।” पन्तले भने “मैले केहि गरेको होईन । तिनीहरुलाई टिम स्प्रिटमा काम गर्न सिकाएको मात्र हुँ ।”

प्रशिक्षक पन्तले क्लबमा भोलिन्टेयरको काम गरिरहेको बताए । “म भोलिन्टियरको रुपमा काम गरिरहेको छु । क्लबले चाहन्छ भने म निःशुल्क लामो समयसम्म पनि काम गर्न सक्छु ।” पन्तले भने “तर आज, म क्लबमा मेरो भविष्यप्रति कुरा गर्ने मुडमा छुईन । म खेलाडीहरुसँग साथीका रुपमा यो जीतको खुशीयाली मनाउन चाहन्छु ।”

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.97905900 1506086443 | End Time: 0.27375700 1506086444 | Execution Time: -0.705302
Start TIme:0.91934200 1506086443 | End Time:0.27562800 1506086444 | Execution Time:-0.643714Mem:2.66476