Live News
 
News » Live News « PREV | NEXT »
स्टार स्ट्राईकर भरत खवास दुई महिने तालिम पछि घर फर्किए तर गोर्खा कप फाईनल खेलेनन्
Jun 15, 2013 10:41:10 PM
GoalNepal.com - स्टार स्ट्राईकर भरत खवास दुई महिने तालिम पछि घर फर्किए तर गोर्खा कप फाईनल खेलेनन्

नेपाली राष्ट्रिय टिमका स्ट्राईकर भरत खवास अहिले नेपाली फूटबलबाट ओझेल छन् । खवास भक्तपुर खरिपाटी स्थित सेकेण्ड लेफ्टिनेन्ट कोर्सको २७ महिने क्याडेट कोर्स गरिरहेका छन् ।

 

दुई महिना तालिमपछि खवास शुक्रबार पहिलोपटक घर फर्किए । उनको टिम नेपाल आर्मी शनिबार गोर्खा कप फूटबल प्रतियोगिताको उपाधिका लागि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबसँग खेल्यो तर उनी मैदानमा उत्रिएनन् । उनको नाम टिम लिस्टमा नभएकाले उनी खेलबाट वञ्चित भएपनि टिमको हौसला बढाउन दशरथ रंगशालामा भने उपस्थित थिए ।

उनी शनिबार दिउँसो ३ बजे नै तालिममा फर्कनुपरेपनि ईन्स्ट्रक्टरसँग अनुमति लिएर उनले खेल अवलोकन गरेका हुन् ।

“म दुई महिने तालिमपछि पहिलो पटक घर आउँदा निकै उत्साहित छु । तालिम राम्ररी अघि बढिरहेको छु । गाह्रो छ तर रमाईलो छ ।” खवासले गोलनेपाल डटकमसँग भने ।

यसैबीच, केहि महिना अघि नर्दन मारियाना विरुद्ध ह्याट्रिक गरेका अन्र्तराष्ट्रिय स्तरका खेलाडी भरत खवास अब साफ च्याम्पियनशीपमा सहभागिता जनाउने वा नजनाउने भन्ने बारे आशंका कायमै छ ।

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.15820100 1506086631 | End Time: 0.61075500 1506086631 | Execution Time: 0.452554
Start TIme:0.10073500 1506086631 | End Time:0.61475000 1506086631 | Execution Time:0.514015Mem:2.65652