Live News
 
News » Live News « PREV | NEXT »
गोर्खा कप: मनाङ मस्र्याङ्दी च्याम्पियन, आर्मी ४–१ ले स्तब्ध, सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत
Jun 15, 2013 07:14:48 PM
GoalNepal.com - गोर्खा कप: मनाङ मस्र्याङ्दी च्याम्पियन, आर्मी ४–१ ले स्तब्ध, सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत
शुलभ मास्केको ह्याट्रिकको मद्धतले लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले पहिलो पटक गोर्खा कप फूटबलको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा मनाङले विभागीय टिम नेपाल आर्मीलाई ४–१ गोलले पराजित गर्दै तेस्रो पटकको प्रयासमा गोर्खा कप च्याम्पियन बन्न सफल भएको हो । पहिलो र दोस्रो संस्करणको फाईनलमा मनाङले लक्ष्मी बैंक थ्रीस्टारलाई नतिजा सुम्पिएको थियो । गत संस्करणमा नेपाल पुलिस विजेता र थ्रीस्टार उपविजेता बन्दा मनाङ सेमिफाईनलमै रोकिएको थियो ।
 

यो जीतसँगै मनाङले आर्मीसँग समूह चरणमा १–० गोलले व्यहोरेको हारको बदला समेत लिएको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाईनल अघिसम्म एक गोल पनि नखाएको आर्मीविरुद्ध चार गोल गर्र्नेे क्रममा मनाङका लागि थप एक गोल अनिल गुरुङले गरे । मनाङले भने फाईनलमा १ सहित प्रतियोगिता अवधिभर कूल ३ गोल व्यहो¥यो ।

भेट्रान प्रशिक्षक अमृत पन्तको नेतृत्वमा सिजनको पहिलो ठूलो नकआउट प्रतियोगिताको उपाधि उचालेको मनाङले नगद १० लाख समेत हात पारेको छ भने १० वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने मौका गुमाएको आर्मीले ५ लाखमा चित्त बुझायो । सेमिफाईनल पुगेका थ्रीस्टार र ब्वाईज यूनियनले दुवै टिमले जनही १ लाख प्राप्त गरे ।

मनाङका संस्थापक खेलाडी समेत रहेका पन्तले करिब ३ दशकपछि पुनः मनाङ सम्हालेका हुन् । २०४३ सम्म अमृतकै प्रशिक्षणमा मनाङले ३ पटक उपाधि जित्दै ए डिभिजन लिगमा हृयाट्रिक गरेको थियो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका सागरले मनाङको कप्तानी सम्हालेपछि यो उनको पनि पहिलो उपाधि हो ।

सेमिफाईलनमा लिग च्याम्पियन थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै मनोबल उच्च पारेको मनाङले खेलको नवौं मिनेटमै शुलभ मास्केको गोलबाट अग्रता लिएको थियो । शिव श्रेष्ठको क्रस बललाई अनिल गुरुङले हेड गर्न चुक्दा अनमार्क रहेका मास्केले गोल गर्न सफल भए । १७ औं मिनेटमा अनिल गुरुङले मनाङलाई २–० को अग्रता दिलाए । विशाल राई बीको पासमा अनिलले डी बक्स एरियाबाट सुन्दर गोल गर्दा आर्मीका रक्षक फुल बहादुर लामाले पत्तै पाएनन् । खेलको २९ औं मिनेटमा आर्मीका काशीराज कार्कीले गोल गर्दै मनाङको अग्रता २–१ मा छोट्याए । मनाङका गोलरक्षक विशाल श्रेष्ठ केही अघि बढेको मौकामा कार्कीले टंक बस्नेतको पासमा गोल गरेका हुन्् ।  निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पहिलो हाफमा केही राम्रो मौका गुमाए ।

दोस्रो हाफमा ४९ औं मिनेटमा शुलभले व्यक्तिगत दोस्रो गोल गर्दैै मनाङलाई ३–१ को अग्रता दिलाए । रुपेश केसीको क्रसमा अनिलले हेड गर्न खोजेपनि सकेनन् र सोहि अवसरलाई सदुपयोग गर्दै शुलभले गोल गरेका हुन् । ६४ औं मिनेटमा राजु तामाङको उत्कृष्ट प्रहार बारमा लागेर फर्किदाँ आर्मी अभागी सावित भयो । खेलको ८९ औं मिनेटमा मनाङका लागि चौथो गोल गर्दै शुलभले फाईनलमा हृयाट्रिक पूरा गरे । खेलको अन्तिम समयमा आर्मीका काशीराजले गोल गरेपनि रेफ्रीले अफसाइड दिएपछि मनाङ ४–१ को गोलसँगै उपाधि जित्न सफल भयो ।

विदेशी खेलाडी विना भएको यो विशुद्ध नेपाली बीचको यो फाईनल भिडन्तमा रंगशाला पुगेका दर्शकहरुले पनि आफ्नो टिमलाई भरपुर साथ दिए । मनाङका दुई विदेशी खेलाडीहरु अजिज लगातार दुई पहेंलो कार्ड र स्ट्राईकर योना इलियस अघिल्लो खेलमा रातो कार्ड पाएकाले फाईनल खेलमभा प्रतिवन्धित थिए । विभागीय टिम नेपाल आर्मी भरत खवास लगातार ५ जना पहिलो रोजाईका खेलाडी विना नै मैदान उत्रिएको थियो ।

एकै समूह सीमा रहेका आर्मी समूह विजेता तथा मनाङ समूह उपविजेता बन्दै क्वार्टरफाईनल प्रवेश गरेको थियो । मनाङले समूह चरणमा पहिलो खेलमा बी डिभिजन उपविजेता टिम टुसाललाई १२–०, सिएमजी संकटा क्लबलाई ५–१ गोलले हराएको थियो भने नेपाल आर्मीसँग १–० ले पराजित भएको थियो । क्वार्टरफाईनलमा एनएमबी मच्छिन्द्रलाई २–० ले हराएको थियो भने सेमिफाईनलमा लिग च्याम्पियन थ्रीस्टारलाई १–० ले स्तब्ध पारेको थियो ।

यस्तै, आर्मीले समूह चरणको खेलमा सिएमजी क्लब संकटालाई २–०, बी डिभिजन लिग उपविजेता टिम टुसाललाई ६–० तथा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गरेको थियो । क्वार्टरफाईनलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसलाई ३–० गोलले पराजित गरेको आर्मीले सेमिफाईनलमा बी डिभिजन लिग विजेता बन्दै ए डिभिजनमा उक्लिएको ब्वाईज यूनियन क्लबलाई ३–० गोलले पराजित गरेको थियो ।

यसैबीच, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बस्नेतले यामाहा बाईक हात पारे । थ्रीस्टार विरुद्धको सेमिफाईनल र फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, मनाङका कप्तान सागर थापा उत्कृष्ट डिफेण्डर, आर्मीका टेक बहादुर बुढाथोकी उत्कृष्ट मिडफिल्डर, आर्मीका काशीराज कार्की उत्कृष्ट फरवार्ड तथा उपाधि विजेता मनाङका प्रशिक्षक अमृत पन्त उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले जनही नगद ५० हजार पुरस्कार प्राप्त गरे ।

रञ्जन अधिकारी
गोलनेपाल डटकम
Loading...
latest news    
 
Most Viewed    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.12528900 1506086868 | End Time: 0.79393100 1506086868 | Execution Time: 0.668642
Start TIme:0.05437100 1506086868 | End Time:0.79769300 1506086868 | Execution Time:0.743322Mem:2.688264