Live News
 
News » Live News « PREV | NEXT »
गोर्खा कपः मनाङ मस्र्याङ्दी प्रशिक्षक अमृत पन्तः हामीले संख्यात्मक फाईदाको उपयोग गर्न सकेनौं
Jun 13, 2013 11:48:59 PM
GoalNepal.com - गोर्खा कपः मनाङ मस्र्याङ्दी प्रशिक्षक अमृत पन्तः हामीले संख्यात्मक फाईदाको उपयोग गर्न सकेनौं

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीका प्रशिक्षक अमृत पन्तले थ्रीस्टार विरुद्ध १–० को जीत हात पार्नु निकै कठिन भएको स्विकार गर्नुभएको छ ।

 

बैकल्पिक खेलाडी विशाल राई बी को निर्णायक गोलमा मनाङले तेस्रो पटक प्रतियोगितामा फाईनलको यात्रा तय गरेको हो । खेलको ४० औं मिनेटमा थ्रीस्टारका विष्णु सुनार दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि थ्रीस्टार १० खेलाडीमा सीमित रह्यो तर त्यसपछि ५० मिनेटसम्म १० खेलाडीको फाईदा उठाउन भने मनाङलाई गाह्रो प¥यो । थ्रीस्टार विरुद्ध दबाबमा परिरहेका बेला खेलको ८७ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका विशाल राई बीले गरेको गोल नै अन्ततः निर्णायक बन्यो ।

मनाङका प्रशिक्षक पन्तले संख्यात्मक फाईदा उठाउन नसकेको स्विकार गर्नुभयो । “हाम्रा खेलाडीले विपक्षी टिममा १ खेलाडी कम भएको अवस्थामा समेत राम्रो खेल्न सकेनन् ।” प्रशिक्षक पन्तले भन्नुभयो “दोस्रो हाफमा हामी नै दबाबमा रह्यौं ।”

“अब फाईनल खेलमा आर्मी विरुद्ध उत्रन हामीले थुप्रै सुधार गर्न आवश्यक छ ।” पन्तले भन्नुभयो “फाईनल प्रतिष्पर्धा हाम्रा लागि कडा नै हुनेछ ।”

स्ट्राईकर योना ईलियसले थ्रीस्टार विरुद्धको खेलमा रातो कार्ड पाएकाले उनी अब फाईनल खेल्नबाट वञ्चित हुनेछन् । उनीसँग विवादमा उत्रिएपनि थ्रीस्टारका जगजीत श्रेष्ठले पनि रातो कार्ड पाएका थिए ।

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.49439000 1506086898 | End Time: 0.78846300 1506086898 | Execution Time: 0.294073
Start TIme:0.44404600 1506086898 | End Time:0.79266200 1506086898 | Execution Time:0.348616Mem:2.6504