Live News
 
News » Live News « PREV | NEXT »
गोर्खा कपः थ्रीस्टार प्रशिक्षक प्रदीप हुमागाईं: थ्रीस्टार र मनाङबीचको खेल सधैं सबैका लागि रोमाञ्चक नै रहनेछ
Jun 13, 2013 11:48:02 PM
GoalNepal.com - गोर्खा कपः थ्रीस्टार प्रशिक्षक प्रदीप हुमागाईं: थ्रीस्टार र मनाङबीचको खेल सधैं सबैका लागि रोमाञ्चक नै रहनेछ

ए डिभिजन लिग च्याम्पियन लक्ष्मी बैंक थ्रीस्टार क्लब गोर्खा कप फूटबल प्रतियोगितामा पहिलोपटक फाईनल पुग्नबाट बञ्चित रह्यो । अघिल्ला दुई संस्करणका विजेता थ्रीस्टार तेस्रो संस्करणको फाईनलमा नेपाल पुलिससँग पराजित भएको थियो । दुवै पटक उपाधि हत्याउने क्रममा थ्रीस्टारले मनाङ मस्र्याङ्दीलाई पराजित गरेको थियो । तर अहिले लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी नै थ्रीस्टारको तगारो बन्यो ।

 

थ्रीस्टारका प्रशिक्षक प्रदीप हुमागाईंले रेफ्रीले खेललाई सही ढंगले संचालन गर्न नसकेको आरोप लगाउनुभयो । खेल नियन्त्रण बाहिर हुनुको प्रमुख कारण नै रेफ्री भएको हुमागाईंको ठम्याई छ । सचिन अमात्य रेफ्री रहेको विहिबारको खेलमा तीन रातो कार्ड देखाईएको थियो ।

“मनाङ र थ्रीस्टार बीचको खेल सधैं सबैका लागि रोमाञ्चकारी बन्ने गर्छ । रेफ्रीले खेल आवश्यक ढंगले संचालन गर्न सकेनन् । रेफ्रीले खेलाडीहरु हातपातमा उत्रनु अघि नै खेललाई नियन्त्रणमा लिन सक्नुपथ्र्यो ।”

“दुवै टिमका खेलाडीहरुले अनुशासनहीन खेल खेले ।” हुमागाईंले भन्नुभयो “तर हामीले खेल दबाबमा खेल्यौं । धेरै गोल गर्ने अवसर सृजना गरेपनि कुनै पनि सदुपयोग गर्न सकेनौं ।”

उहाँले खेलमा ५० मिनेट बढि समय १० खेलाडीमा सीमित रहेर पनि ११ भर्सेज ११ जस्तो खेलेको बताउनुभयो ।

गोलनेपाल डटकम

Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.16575800 1506086807 | End Time: 0.41833000 1506086807 | Execution Time: 0.252572
Start TIme:0.10650700 1506086807 | End Time:0.42009500 1506086807 | Execution Time:0.313588Mem:2.65144