Live News
 
News » Live News « PREV | NEXT »
गोर्खा कपः विशाल राई बीको निर्णायक गोलमा मनाङ फाईनलमा, लिग च्याम्पियन थ्रीस्टार मनाङसँग पराजित
Jun 13, 2013 11:04:34 PM
GoalNepal.com - गोर्खा कपः विशाल राई बीको निर्णायक गोलमा मनाङ फाईनलमा, लिग च्याम्पियन थ्रीस्टार मनाङसँग पराजित
ए डिभिजन लिग च्याम्पियन लक्ष्मी बैंक थ्रीस्टार क्लबलाई पराजित गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब गोर्खा कप फूटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
 

बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा प्रतियोगिताको दुई पटकको विजेता समेत रहेको थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै मनाङले फाइनलमा नेपाल आर्मीसँगको भेट पक्का गरेको हो । यसअघि सुपर लिगमा भएको भेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
 
गोर्खा कपमा पहिलो पटक हराउने क्रममा मनाङका लागि विशाल राई बीले निर्णायक गोल गरे । यसअघि पहिलो र दोस्रो संस्करणको उपाधि जित्ने क्रममा थ्रीस्टारले मनाङलाई पराजित गरेको थियो । अब शनिबार १० लाख पुरस्कार राशीको उपाधिका लागि मनाङ र विभागीय टिम आर्मी भिड्नेछन् ।
 
दशरथ रंगशालामा भएको निकै रोमाञ्चकारी खेलमा ४० औं मिनेटमा थ्रीस्टारलाई झड्का लाग्यो । सुजल श्रेष्ठलाई फल गरेपछि थ्रीस्टारका विष्णु सुनार दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित रहेर पनि थ्रीस्टारले मनाङसामु कडा चुनौति भने पेश गरिरह्यो । 
 
वैकल्पिक खेलाडी विशाल राई बीले खेलको ८७ औं मिनेटमा मनाङका लागि गरेको एकमात्र गोल नै निर्णायक बन्यो । सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका उनलाई अनिलको हेडमा योनाले निकै राम्रो पास मिलाई दिएका थिए । अन्तिम समयमा उनले डिबक्स नजिकबाट हानेको भली प्रहार विपक्षी गोलरक्षक किरण चेमजोङले सही जज गर्न नसक्दा बलले सिधै जाली चुमेको हो । तनावपूर्ण खेलमा अन्तिम मिनेटमा योना इलियस र जगजित श्रेष्ठले रातो रातो कार्ड पाए । दोश्रो हाफको इन्जुरी समयमा रेफ्रीसँग विवाद गरेपछि रेफ्रीले रातो देखाएका हुन् । 
 
निकै अन्तिम समयमा थ्रीस्टारका सरोज दहालले वान भर्सेज वानको राम्रो मौका पाएपनि उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिएपनि मनाङ १–० को जीतका साथ फाईनलमा प्रवेश गरेको हो । 
 
खेलेको सुरुवातबाटै दुबै टोली एकअर्का माथि हावी हुने प्रयासमा थियो । पहिलो हाफमा मनाङको तीन सशक्त प्रहार थ्रीस्टारका गोरलक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । थ्रीस्टारले पनि केही राम्रो मुभ बनाएपनि गोल गर्न भने असमर्थ रह्यो । खेलको ६४ औं मिनेटमा योना इलियसको पासमा अनिल गुरुङले गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । उनको हेड बल आफ्नै हातमा लागेपछि अनिलले पहेँलो कार्ड पाएका थिए । 
 
समूह बी विजेता बन्दै थ्रीस्टारले क्वार्टफाईनलमा सामसुङ जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो भने मनाङले एनएमबी मच्छिन्द्र एफसीलाई २–० ले पराजित गर्दै सेमिफाईल प्रवेश गरेको थियो । 
 
यो खेलमा मनाङका गोलरक्षक विशाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनलाई भिसी राम पुनले अवार्ड प्रदान गर्नुभयो । 
 
यसअघि, बुधबार भएको पहिलो सेमिफाईनल खेलमा विभागीय टिम नेपाल आर्मीले नवप्रवेशी ब्वाईज यूनियनलाई ३–० गोलले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ । 
 
गोलनेपाल डटकम
Loading...
latest news    
 
Most Viewed    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.66653600 1506086483 | End Time: 0.96332600 1506086483 | Execution Time: 0.29679
Start TIme:0.61599700 1506086483 | End Time:0.96505900 1506086483 | Execution Time:0.349062Mem:2.661104