Live News
 
News » Live News « PREV | NEXT »
सिमरा गोल्डकप सफल पार्न सहयोग गर्नेहरुप्रति आयोजक नवजनजागृति युवा क्लबद्वारा आभार व्यक्त
Feb 17, 2013 10:29:41 PM
GoalNepal.com - सिमरा गोल्डकप सफल पार्न सहयोग गर्नेहरुप्रति आयोजक नवजनजागृति युवा क्लबद्वारा आभार व्यक्त
म्याजिक मोमेन्ट्स सिमरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सफल पार्न सहयोग गर्ने सबै सहयोगदाताप्रति आयोजक नवजनजागृति यूवा क्लबले हार्दिक आभार व्यक्त गरेको छ ।
 

शनिबार सम्पन्न प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले यति हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको सिमरा गोल्डकप एक प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

“यस प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैप्रति हामी आभारी छौं ।” क्लबका सचिव शम्भु ठकुरीले गोलनेपाल डटकमसँग भन्नुभयो ।

सचिव ठकुरीले प्रायोजक, समर्थक, एन्फा र मिडियाबाट भारी सहयोग समर्थन पाएको बताउँदै सबैको साथ सहयोगबाट प्रतियोगिता सफल भएको बताउनुभयो ।

“आगामी वर्षको प्रतियोगिताका लागि हामी हाम्रो सांगठनिक पक्षको व्यापक परिवर्तन गर्न प्रतिबद्ध छौं ।” ठकुरीले भन्नुभयो ।

गोलनेपाल डटकम
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.74185100 1505937114 | End Time: 0.96648300 1505937114 | Execution Time: 0.224632
Start TIme:0.70332200 1505937114 | End Time:0.96799500 1505937114 | Execution Time:0.264673Mem:2.650688