Live News
 
News » Live News « PREV | NEXT »
सिमरा गोल्डकपः मनाङका शिव श्रेष्ठ उत्कृष्ट खेलाडी बन्दै ल्यापटप प्राप्त गरे
Feb 16, 2013 07:22:53 PM
GoalNepal.com - सिमरा गोल्डकपः मनाङका शिव श्रेष्ठ उत्कृष्ट खेलाडी बन्दै ल्यापटप प्राप्त गरे
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबका शिव श्रेष्ठ म्याजिक मोमेन्ट्स चौथौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले ल्यापटप प्राप्त गरेका छन् ।
 
 
नेपाली राष्ट्रिय टिम क्याम्पबाट बाहिरिएका शिव श्रेष्ठले सिमरा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हात पार्न सफल भएका हुन् । 
 
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुमाः
उत्कृष्ट गोलरक्षकः विनय श्रेष्ठ (यति हिमालयन शेर्पा क्लब)
उत्कृष्ट डिफेण्डरः एमबाईल स्टेफन (लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब)
उत्कृष्ट मिडफिल्डरः विशाल राई बी (एनएमबी मच्छिन्द्र एफसी)
उत्कृष्ट फरवार्डः धिरज तामाङ (यति हिमालयन शेर्पा क्लब)
 
उत्कृष्ट खेलाडीहरुले जनही नगद रु. १० हजार प्राप्त गरे । यस्तै, खेल अवधिभर सर्वाधिक चार गोल गरेका  एनएमबी मच्छिन्द्र एफसीका कर्ण लिम्बुले नगद रु. १५ हजार प्राप्त गरे । फाईनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबका निर्णायक गोल गर्ने सिको म्यान अफ दि म्याच घोषित भए । 
 
सिमरा रंगशालामा शनिबार भएको फाईनल खेलमा यति हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचालेको हो ।
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.24515800 1506061444 | End Time: 0.61973400 1506061444 | Execution Time: 0.374576
Start TIme:0.18594700 1506061444 | End Time:0.62193700 1506061444 | Execution Time:0.43599Mem:2.65764