Live News
 
News » Live News « PREV | NEXT »
सिमरा गोल्डकपको उपाधि डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई
Feb 16, 2013 06:02:41 PM
GoalNepal.com - सिमरा गोल्डकपको उपाधि डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई
डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बाराको सिमरामा भएको म्याजिक मोमेन्ट्स चौथौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
 

सिमरा रंगशालामा शनिबार भएको फाईनल खेलमा यति हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै मनाङले मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचालेको हो । 
 
उपाधिसँगै मनाङ मस्र्याङ्दीले नगद ४ लाख रुपैंया पुरस्कार हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख रुपैंयाँमा चित्त बुझाएको छ । गत हप्ता मात्रै उदयपुर गोल्डकपमा थ्रीस्टारसँग फाईनल खेलमा पराजित भएपछि उपाधि गुमाएको हिमालयन शेर्पा लगातार घरेलु फूटबल प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । 
 
मनाङले गत वर्ष तेस्रो संस्करणमा पनि सहारा क्लब पोखरालाई १–० गोलले नै पराजित गर्दै उपाधि उचालेको थियो । 
 
वर्षाका बीच भएको फाईनल भिडन्तमा मनाङको जीतका लागि विदेशी खेलाडी सर्जियो सिकोले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सिकोको लामो सशक्त प्रहार विपक्षी रक्षकले रोक्न सकेनन् । 
 
खेलको सुरुमै राम्रो मौका चुकाएको हिमालयन शेर्पा गोल व्यहोरेपछि भने दबाबमा परेको थियो । खेलको अन्तिम समयसम्म आक्रामक बनेको मनाङ मस्र्याङ्दीका आधा दर्जन बढि प्रहार विपक्षी रक्षक विनय श्रेष्ठले विफल पारे । 
 
विजयी टोली तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।
 
प्रतियोगिता अवधिभर कूल २५ गोल भएको र १६ खेलाडीहरुले गोल गर्न सफल भएको आयोजक नव जनजागृति क्लबले जनाएको छ । एनएमबी मच्छिन्द्र एफसीका कर्ण लिम्बुले सबैभन्दा बढि चार गोल गरेका छन् ।
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.20034500 1506061505 | End Time: 0.58700100 1506061505 | Execution Time: 0.386656
Start TIme:0.14666400 1506061505 | End Time:0.58955200 1506061505 | Execution Time:0.442888Mem:2.653256