Live News
 
News » Live News « PREV | NEXT »
पूर्व राजा ज्ञानेन्द्र पनि फूटबलमा रमाउँदै, दोस्रो सेमिफाईनल खेल हेर्न सिमरा रंगशालामा
Feb 15, 2013 01:20:56 AM
GoalNepal.com - पूर्व राजा ज्ञानेन्द्र पनि फूटबलमा रमाउँदै, दोस्रो सेमिफाईनल खेल हेर्न सिमरा रंगशालामा
पूर्व राजा ज्ञानेन्द्र शाह पनि फूटबल हेर्न रंगशाला पुग्नुभएको छ ।
 

बाराको सिमरा रंगशालामा चलिरहेको म्याजिक मोमेण्ट्स चौथो सिमरा गोल्डकप फूटबल अन्र्तगत विहिबार भएको यति हिमालयन शेर्पा क्लब र सिएमजी क्लब संकटाबीचको खेल हेर्न शाह रंगशालामै उपस्थिति हुनुभएको हो ।
 
खेल सुरु भएको झण्डै आधा घण्टापछि रंगशालामा पुग्नुभएका पूर्वराजा अतिरिक्त समयसम्म चलेको खेल सकिएपछि मात्र फर्कनुभयो । सिमराको सूर्य नेपाल अगाडि रहेको आफन्त प्रभु शमशेर राणाको घरमा बस्दै आउनुुभएका ज्ञानेन्द्रलाई सिमरा रंगशालामा आयोजक नव जनजागृति क्लबका पदाधिकारीले स्वागत गरेका थिए । पूर्वरानी कोमल भने सिमरामै रहनुभएपनि फूटबल हेर्न जानुभएन । 
 
सामान्य पोशाकमा रंगशाला पुग्ने गरेका क्लब पदाधिकारी पूर्वराजा खेल हेर्न आउने भएपछि ढाकाटोपीमा सजिएका थिए । 
 
यसैबीच, सिमरा गोल्डकप प्रतियोगिता संचालनका क्रममा एक व्यक्तिले आयोजकलाई दिएको १० लाख सहयोगको समाचार सार्वजनिक भएकै बेला पूर्वराजा खेल हेर्न जानु संकास्पद रहेको स्थानीय राजनीीतक दलका कार्यकर्ताहरुले टिप्पणी गरेका छन् । आयोजकले शुभचिन्तकले १० लाख रुपैंया जम्मा गरिदिएको जानकारी दिँदै पैसा जम्मा गरिदिने व्यक्ति थाहा भएपनि सार्वजनिक गर्न नमिल्ने बताउँदै आएका थिए ।
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.67568300 1505937417 | End Time: 0.91226500 1505937417 | Execution Time: 0.236582
Start TIme:0.62340800 1505937417 | End Time:0.91417400 1505937417 | Execution Time:0.290766Mem:2.656496