Live News
 
News » Live News « PREV | NEXT »
सिमरा गोल्डकपको उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्ने
Feb 15, 2013 01:17:41 AM
GoalNepal.com - सिमरा गोल्डकपको उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्ने
बाराको सिमरामा जारी म्याजिक मोमेन्ट्स चौथौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि यति हिमालयन शेर्पा क्लब र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब भिड्ने भएका छन् ।
 

शनिबार फाईनल खेल हुनेछ । 
 
बाराको सिमरा रंगशालामा विहिबार भएको दोस्रो सेमिफाईनल खेलमा यति हिमालयन शेर्पा क्लबले सिएमजी क्लब संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ५६ औं मिनेटमा धिरज तामाङले गोल गर्दै हिमालयन शेर्पालाइ अग्रता दिलाएका थिए । तर खेलको ८१ औं मिनेटमा संकटाका युडी बहादुर गुरुङले बराबरी गोल फर्काए । 
 
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्ति समयमा गणेश खड्काले १०० औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई उपाधि होडमा पक्का गरेका हुन् ।
 
सचिन्द्र धिमाल दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि हिमालयन शेर्पा अन्तिम तीन मिनेट १० खेलाडीमा सीमित भएको थियो । 
 
यसअघि, बुधबार भएको पहिलो सेमिफाईनल खेलमा एनएमबी मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । 
 
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पाउनेछ । यो मोफसलकै सर्वाधिक धनराशीको पुरस्कार हो । 
 
यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाइ पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.80995400 1505937757 | End Time: 0.10410600 1505937758 | Execution Time: -0.705848
Start TIme:0.76547600 1505937757 | End Time:0.10561300 1505937758 | Execution Time:-0.659863Mem:2.677824