Live News
 
News » Live News « PREV | NEXT »
सहारा एकेडेमिको उद्घाटन; दाताको सहयोगबाट १ करोड ८३ लाखमा भवन, फुटवल मैदान सहित खानेपानी वोरीङ निर्माण
Feb 8, 2013 07:29:29 PM
GoalNepal.com -  सहारा एकेडेमिको उद्घाटन; दाताको सहयोगबाट १ करोड ८३ लाखमा भवन, फुटवल मैदान सहित खानेपानी वोरीङ निर्माण
पोखराको सहारा क्लबले पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट हालै निर्माण गरेको सहारा एकेडेमिको आज सुक्रबार एक समारोहका विच उद्घाटन भएको छ ।
 

एक करोड ८३ लाखमा निमार्ण भएको उक्त एकेडेमिको अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष एवम एएफसीका उपाध्यक्ष गणेश थापा, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, सहारा युकेका अध्यक्ष नविन गुरुङ, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ, उद्योगपति समाजसेवि सुर्यबहादुर केसी, अरुण चौधरी र प्याक्टका गुनारले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन ।

१ करोड १५ लाखमा दुई तले पक्की भवन, ६७ लाख ९४ हजारमा फुटवल मैदान, तारजाली सहति अन्य भौतिक निमार्ण भएको क्लबका कोषाध्यक्ष विश्वराज बरालले बताए । उनले उक्त भवन निमार्णको क्रममा २६ लाख ९२ हजार बराबरको रकम क्लबले तिर्न बाँकी रहेको अर्थात ऋण रहेको बताए । करीब ३ सय स्वदेशी तथा विदेशी बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका हुन । एकेडेमिको लागि १० हजारमाथि सहयोग गर्नु हुनेहरुको सिलामा नाम समेत राखिएको छ भने ३ लाख माथि सहयोग गर्नु हुने दाताको नामबाट भवनमा रहेका कक्षहरुमा नामाङकरण समेत गरीएको छ ।

क्लबले बषर्नी आयोजना गर्दै आएको आहा रारा गोल्ड कप तथा दाताको सहयोगले उक्त भौतिक निमार्ण कार्य सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै क्लबका अध्यक्ष विक्रम थकालीले एकेडेमि निरन्तर संचालन  गर्न सवैको सहयोग निरन्तर आवश्यक भएको बताए ।

क्लबले दोविल्लामा २६ रोपनी जग्गा २८ लाख ५० हजारमा लिएको हो । सहारा एकेडेमि भवनसंगै एकेडेमिको लागि फुटवल मैदान समेत तयारी हुदैछ भने खानेपानीको वोरिङ्ग समेत संचालनमा आएको छ । उक्त खानेपानी स्थानीय वासिहरुलाई समेग वितरण गरीने भएको छ । उक्त एकेडेमिमा ३० जना वालकहरु आगामी वैशाखबाट राखिने भएको छ । कठिन परिस्थीती र विपन्न बर्गका देशभरीबाट छनौट गरीने भएको क्लबका अध्यक्ष थकालीले बताए । पहिलो पटक २०५८ साल देखि क्लबले एकेडेमिको रुपमा २० जना किशोरहरुलाई राख्दै आएको हो । २०६१ साल देखि देशका १३ जिल्लाबाट क्लबले विपन्न बर्गका तथा असाय २० जना वालकहरुलाई एकेडेमिको रुपमा राख्दै आएको थियो । भने हाल क्लबमा ५ जना बाहेक सवै एकेडेमिमा रहेका आ–आफ्नो गन्तव्यमा लागेका छन । केहि फुटवपल खेल्दै छन भने  । सहाराका उत्पादन अनिल गुरुङ सहित अन्य खेलाडीहरुले हाल मासिक फुटवल खेलेरै ५० हजार माथि तलव खाने गर्दछन । दाताहरुलाई क्लबले सुक्रबार प्रंशम्सा पत्रको साथमा सम्मान गरेको छ ।

फुटवल मैदानको फिनिसिङ काम बाँकी रहेको छ । गत भदौमा दुवो रोपका कारण आगामी एक बर्षमा उक्त मैदानमा फुटवल खेल्न योग्य हुने क्लवका प्रथम उपाध्यक्ष विरभद्र आचार्यले बताए । कार्यक्रम स्थलमा विहान हस्याङ फस्याङ गर्दै कुहिरोसंग सामाना गर्दै दोविल्लामा पुगेका सहागिहरुलाई प्रकृतिले पनि केहि समय पछि साथ दिदा आकास खुले पछि हिमश्रृखलाको दृष्यिले सवैको मन लोभ्याएको थियो । केहिले मोवाइलमा त केहिले क्यामारामा दृष्य कैद गर्न व्यस्त देखिन्थे ।

दिननाथ बराल
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.31082200 1506215678 | End Time: 0.53655900 1506215678 | Execution Time: 0.225737
Start TIme:0.27277600 1506215678 | End Time:0.53807200 1506215678 | Execution Time:0.265296Mem:2.657984